राजनीति

राष्ट्रपति भण्डारीसमक्ष आयोगको प्रतिवेदन पेश



काठमाडौँ, १९ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगको ६० औं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई अध्यक्ष उमेशप्रसाद मैनालीले आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिवेदनमा प्रशासनिक र वित्तीय स्थिति, परीक्षण प्रविधि, शैक्षिक योग्यता र पाठ्यक्रमसम्बन्धि भए–गरेका काम, विज्ञापन र दरखास्तसम्बन्धी विवरण, परीक्षासम्बन्धी विवरण, अन्तर्वार्ता र सिफारिससम्बन्धी विवरण, समावेशी पदपूर्तिसम्बन्धी विवरण रहेका छन् ।

यसैगरी प्रतिवेदनमा आयोगमा परेका उजुरीका सम्बन्धमा भएका निर्णय, स्थानीय तहको पदपूर्ति, सुरक्षा निकाय र सङ्गठित संस्थाको पदपूर्ति सम्बन्धमा आयोगबाट भएका काम, साङ्गठनिक सुधार र नवप्रवर्तनीय कामसमेत उल्लेख गरिएको बताइएको छ ।

आयोगमा अनुसार गत आवमा आयोगले ८७ बैठक गरी २९७ वटा निर्णय गरेको छ । प्रतिवेदनमा आयोगले स्थानीय तहका विभिन्न तहका पदका लागि ३० वटा पाठ्यक्रम निर्माण गरेको उल्लेख गरिएको छ ।