अमेरिका, १९ कार्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिकरुपले विपन्न नागरिक, सीमान्तकृत वर्ग र पिछडिएका समुदायको न्यायमा पहुँच वृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
विश्व बैंक समूहले अमेरिकाको राजधानी वासिङ्टनडिसीमा आयोजना गरेको ‘न्याय क्षेत्र सुधार तथा प्रविधि’ विषयको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै मन्त्री ढकालले न्याय सम्पादनमा सूचना प्रविधिको प्रयोग, त्यसमा नेपालको अवस्था र चुनौतीबारे जानकारी दिएका कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।
मन्त्री ढकालले न्यायपालिकामा सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग, त्यससम्बन्धी पूर्वाधार तथा जनशक्ति विकासका निम्ति विश्व बैंकसँग सहकार्य गर्न नेपाल तत्पर रहेको उल्लेख गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्