राजनीति

काठमाडौँ –तराई द्रुतमार्ग : पुल र टनेलको काम यसै वर्षबाट



काठमाडौँ २० कार्तिक । तराई जोड्ने निर्माणाधीन द्रुतमार्गमा पर्ने पुल तथा टनेलको निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरु हुने भएको छ ।

यस द्रुतमार्गमा निर्माण गरिने विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनी चयन गर्न मंसिर १ गते ‘प्रिक्वालिफिकेसन’ बोलपत्र गरिने भएको छ ।

साधारण प्रकृतिका पुल निर्माणका लागि भने स्वदेशी कम्पनी चयन गर्न यसै साताभित्र बोलपत्र आह्वान गरिने उक्त द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनी चयन गर्न मंसिर १ गते ‘प्रिक्वालिफिकेसन’ बोलपत्र आह्वान भई पुस १६ गते ‘सर्ट लिस्टिङ’ गरिने स्पष्ट पारे । यो समाचार आजको गोरखापत्रमा छापिएको छ ।