राजनीति

महराले नेतृत्वलाई ढाँटेर गम्भीर गल्ती गरे : अध्यक्ष प्रचण्ड



दाङ, २० कार्तिक । सत्ताररूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान सभामुख कृष्णबहादुर महराले पार्टी नेतृत्वलाई ढाँटेर गम्भीर गल्ती गरेको उल्लेख गर्नुभएको छ ।

बुधबार दाङमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले निवर्तमान सभामुख महराबाट नैतिक कमजोरी भएको र यस्तो विषयमा मुख्य नेताहरूले विवाद गर्न नहुने तर्क प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले नारायणकाजी श्रेष्ठ, जोखबहादुर महरालाई बुझ्न पठाउँदा पनि ढाट्नु भयो । म आफैं जाँदा पनि ढाट्नुभयो । नेतृत्वलाई नै ढाँटेर गम्भीर गल्ती गर्नुभयो ।’

उहाँको गल्तीबारे अदालतले आवश्यक न्यायिक निर्णय गर्ने अध्यक्ष प्रचण्डको विश्वास गर्ने उल्लेख गर्दै उहाँले महराले कानूनी प्रक्रियामा सहयोग गर्नुपर्ने समेत बताउनुभयो ।