भक्तपुर, २१ कार्तिक । प्रदेश सभा सदस्य पदका लागि मङ्सिर १४ मा हुने उपनिर्वाचनको लागि सत्तारुढ दल नेपाल कम्युािष्ट पार्टी (नेकपा)को तर्फबाट देवी प्रसाद ढकाल (डिपी)ले निर्वाचन आयोगको कार्यालयमा उम्मेदवार मनोनयन दर्ता गराउनुभएको छ ।
उहाँले भक्तपुर क्षेत्र नं १को प्रदेशसभा (क) तर्फको उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी मनोनयन दर्ता गर्न र्याली सहित उम्मेदवारी दर्ता गर्न आयोगको कार्यालय पुग्नुभएको थियो । उहाँको प्रस्तावकमा रमेश बुडाथोकी, समर्थक नारायणी फुयाल (दंगाल) रहनुभएको छ । नेकपा भक्तपुरले कमल बिनायक भत्केको पार्टीमै भेला भएर र्यालीसहित उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।
नेकपाका नेता बामदेव गौतम, सांसद महेश बस्नेतलगायतको उपस्थितिमा ढकालले निर्वाचन कार्यालयमा उम्मेदवार मनोनयनपत्र दर्ता गरेका हुन् । मनोनयनपत्र दर्ताका क्रममा नेकपाका कार्यकर्ताहरुको जुलुससमेत निर्वाचन कार्यालय पुग्नुभएको थियो ।
उक्त क्षेत्रमा प्रदेश सभा सदस्याको लागि नेकपाको तर्फबाट स्व. हरिशरण लामिछाने विजयी हुनुभएको थियो । उहाँको असमायिक निधनका कारण उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उक्त प्रदेशमा २०७४ सालमा सम्पन्न निर्वाचनमा बिजयी दल तत्कालिन नेकपा एमाले, मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र अर्को प्रतिस्पर्धी दल नेपाल मजदुर किसान पार्टी रहेका छन् ।
भक्तपुर क्षेत्र नम्वर १ (क) (चाँगुनारायण नगरपालिका सबै वडा र भक्तपुर नगरपालिका वडा नम्बर १०) मा उप निर्वाचन हुँदैछ । अघिल्लो निर्वाचनमा ९नेकपा एमाले० नेकपाका स्वर्गीय हरिशरण लामिछाने १२ हजार सात सय ७९ मतसहित निर्वाचित हुनुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्