भोजपुर, २१ कार्तिक । भालुको पित्त ओसारपसार मुद्दामा संलग्न रही फरार एक महिला पक्राउ परेकी छिन् ।
टेम्केमैयुङ गाउँपालिका–२ की ३४ वर्षीया मित्रलक्ष्मी राईलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि महिलालाई डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौँमा बुझाएको छ ।










प्रतिक्रिया दिनुहोस्