काठमाडौँ, २३ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले भारतले छिमेकिसँग निउ खोज्नुको कुनै तुक नरहेको बताएका छन ।
सामाजिक संजाल फेसबुकमा आफ्नो भनाइ राख्दै उनले भनेका छन, ‘लिम्पीयाधुराबाट उत्त्पती भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा एेतिहासिक तथ्य, प्रमाण, कागजात र जीबित मानिसहरुका भनाईबाट प्रस्ट छ । यसमा भारतले बखेडा खडा गरेर छिमेकीसँग निहू खोज्नुको कुनै तुक छैन । भारत पछी हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानुपन दिनु नै राम्रो हुन्छ । नेपालले छोड्ने कुरै आउंदैन । सिंगो नेपाल एक छ ।’










प्रतिक्रिया दिनुहोस्