भक्तपुर, २४ कार्तिक । राम चन्द्र प्रजापति । नेवा: कला र संस्कृति प्रवर्द्धनको लागि बुरांज्या कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोल वडा नं ८ स्थित चखु टोलमा बुरांज्याको आयोजना भिम बहादुर माक सम्पूर्ण माक परिवारले संयोजन गरेको हो ।
नेवारहरुको एउटा मौलिक संस्कृति बुरांज्या हो । धान काटेर ९ दिन ११ दिन १३ दिन १५ दिन बिजोड दिन खेतमा पराल सहित धान छोपेर राखी रातो कालो गरि विधिपुर्वक किसानले धान भित्र्याउने बुरांज्या हो ।
प्रोटेक्शन ग्रुपको प्रायोजन र सहयोगार्थमा सब्य र भब्य रुपमा करिब चार सय जना भन्दा बढी नेवा पोशाकमा सहभागिता रहएको र अहिले सम्मकै धेरै संख्यामा सहभागिता रहेको बुरांज्या कार्यक्रम भएको सिताराम माकले जानकारी गर्नुभयो ।
बुरांज्या सिपाडोलको चखु टोलबाट जगाती आदर्श चोक हुँदै सिपाडोल डागाचासम्म र्याली समेत गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्