काठमाडौँ, २५ कार्तिक । नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश नम्बर एकका विभिन्न जिल्लाको भ्रमणमा निस्केका छन ।
नेता पौडेल पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुनका लागि प्रदेश नम्बर एकका विभिन्न जिल्लाको भ्रमणमा निस्केका हुन ।
वरिष्ठ नेता पौडेल कार्तिक २६ गते मङ्गलबार मकवानपुरको हेटौँडामा हुने पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रदेश नम्बर ३ स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनुहुनेछ ।
सो कार्यक्रम पश्चात् पौडेल झापा प्रस्थान गर्ने कार्यक्रम रहेको उहाँका निजी सचिव चिरिन्जीवी अधिकारीले जानकारी दिनुभयो । कार्तिक २७ गते पौडेल बाराको निजगढ र सिराहाको लहानमा हुने कार्यक्रममा सहभागी हुनुहुनेछ ।
कार्तिक २८ गते नेपाली काँग्रेस झापा जिल्ला कार्यसमितिको आयोजनामा हुने बृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
कार्तिक २९ गते पौडेलले झापाबाट इलामका लागि प्रस्थान गर्ने र इलाममा हुने आमसभालाई सम्बोधन गर्ने छन । त्यसैगरि कार्तिक ३० गते इलामबाट पाँचथर प्रस्थान गर्ने र पाँचथरको फाल्गुननन्द गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै चथरबाट ताप्लेजुङ प्रस्थान गर्ने भएका छन ।










प्रतिक्रिया दिनुहोस्