काठमाडौँ, २५ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसरफाइमा ध्यान दिन निर्देशन दिएका छन् ।
आजबिहान विमानस्थलको अनुगमनमा गएका मन्त्री भट्टराईले त्यहाँको सुरक्षा र सरसफाइमा ध्यान दिन अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।
मन्त्री भट्टराईले विमानस्थल विस्तारका लागि भइरहेको काम-काबारहीबारे पनि जानकारी लिएका छन् । विमानस्थका एक अधिकारीले भने, ‘अहिले पनि २०/२५ मिनेटपछि एक घन्टासम्ममा यात्रुहरुले लगेज पाइरहेका छन्, ‘उहाँले औषतमा ४५ मिनेटभित्र यात्रु आफ्नो लगेज लिएर विमानस्थलबाट बाहिर निस्कन सक्नुपर्छ भन्नु भएको छ ।’










प्रतिक्रिया दिनुहोस्