काठमाडौँ, २५ कार्तिक । झापाको चन्द्रगढीस्थित भद्रपुर विमानस्थल १० दिन बन्द हुने भएको छ ।
नियमित मर्मत सम्भारका लागि यो विमानस्थल २६ कात्तिकदेखि ५ मंसिरसम्म बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यहाँ साविकमा भइरहेका उडानलाई कम्पनीहरूले भने विराटनगरमा सार्ने भएका छन् ।
वायुसेवा सञ्चालक संघ (आयोन)ले झापाको भद्रपुरबाट भइरहेका उडान अब विकल्पका रूपमा विराटनगरबाट हुने जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्