Banner News

पार्टी एकताको बाँकी काम टुंगियोः आयोगको नेतृत्वमा को –को नेताले जिम्मेवारी पाए



काठमाडौ, २५ कार्तिक । सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी ले पार्टी एकताका बाँकी कामलाई टुंगो लगाएको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोग, जेष्ठ कम्युनिस्ट मञ्ज, राष्ट्रिय परिषद र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन गरेको हो ।

केन्द्रिय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा,सचिवमा आशोक रोकाय,त्यसरी नै केन्द्रिय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ, सचिवमा माधव पौडेल । त्यसैगरीलेखापरिक्षण आयोगको अध्यक्षमा पुष्प कडेँल, सचिवमा टेकनाथ आचार्य चयन हुनुभएको छ । केन्द्रिय सल्लाहकार समितिको अध्यक्षमा केशव बडाँल र सचिवमा नन्द कुमार थापा चयन हुनुभएको छ । त्यसैगरी ज्येष्ट कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई, सचिवमा गोविन्द्र ज्ञवाली चयन भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस वाहेक प्रवास संगठन जिम्मेवारीका बारेमा पनि छलफल भइरहेको र प्रवासमा पार्टी कमिटि निमार्ण नगर्ने निर्णय यसअघि नै भै सकेकाले उनीहरुको हकहितका निम्ती जागरुक बनाउने र नेपालको विकास प्रक्रियामा समेत सामेल गर्न कसरी जोडिने भन्नेमा छलफल गरेर त्यसलाई पनि अन्तिम रुप दिएपछि सांगठनिक एकताको काम पुरा हुने प्रवक्ता श्रेष्ठको भनाइ थियो ।