धरान, २६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट तरुण दल धरान उपमहानगर समितीका सदस्य रहेका सुबास राईको नेतृत्वमा करिब १ सय ५० जना युवाहरु सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
उपनिर्वाचनको संघारमा पछिल्लो समय कांग्रेसमा देशभर पार्टी परित्याग गर्नेको लर्को नै लाग्न थालेको छ । राई नेतृत्वको समुहलाई नेकपाका नेता मुक्साहाङ मेन्याङबो, आइन्द्र विक्रम वेघा, प्रकाश राई लगायतले अबिर लगाईदिदै पार्टीमा स्वागत गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्