समाचार

हत्यापछि फरार भएका १७ वर्षपछि पक्राउ



काठमाडौँ, २६ कार्तिक । दुई जना हत्या आरोपीलाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

आइतबार कागेश्वरी मनहरा नगरपालिकाबाट धादिङको खनियाबासका ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-६ मूलपानीका ३७ वर्षीय सुक लामा तामाङ रहेका छन् ।

विसं २०५९ कार्तिक २९ गते धादिङको खनियाबास गाउँपालिका-३ का २४ वर्षीय परशुराम तामाङलाई खुकरी प्रहार गरी हत्या गरी दुवै जना फरार भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।