Banner News

विकासका नाममा हुने प्राकृतिक विनाश रोक्नुपर्छ : अध्यक्ष प्रचण्ड



काठमाडौँ, २७ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासको नाममा हुने प्राकृतिक विनाशलाई रोक्नुपर्ने बताउनुभएको छ ।

मंगलबारबाट चितवनको पर्यटकीय स्थल सौराहामा सुरु भएको नवौं विश्व रेञ्जर सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आर्थिक गतिविधि र पूर्वाधार निर्माणका कारण विश्वमा नै वन तथा जैविक विविधता संरक्षणमा चुनौती थपिएको उल्लेख गर्नुभयो । उहाँले विकास र समृद्धिको नाममा हुने गरेका वनलगायतका प्रकृतिको विनाश रोक्न विज्ञहरुले विशेष ध्यान दिनुपर्ने पनि स्पष्ट पार्नुभयो ।

प्रकृतिको संरक्षणमा योगदान पु¥याउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष दाहालले उल्लेख गर्दै ती समस्या समाधानमा योगदान पु¥याउने गरी आवश्यक रणनीति तय गर्न वन विज्ञहरुलाई आग्रह गर्नुभयो ।