काठमाडौँ, २८ कार्तिक । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकलाईबैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल बैंकको व्यवस्था गर्न निर्देशन दिएका छन् ।
कामना सेवा विकास बैंकको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री खतिवडाले १९ वटा स्थानीय तहमा अझै बैंक स्थापना नभएको भन्दै ती ठाउँहरुमा तत्काल बैंकिङ सेवा संचालन गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका हुन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकको निर्देशनहरुको पूर्ण पालना गर्न सबै बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिदै उनले ईमान्दार ढंगले काम नगर्ने बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई बैंकिङ कसुरअन्तर्गत कडा कारबाही गर्ने समेत चेतावनी दिएका छन ।










प्रतिक्रिया दिनुहोस्