काठमाडौँ, २८ कार्तिक । काठमाडौँको हलचोकबाट १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरिय प्रहरी वृत स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका-३ हलचोकी हरिमाया पुतुवारको घरमा जुवा खेलिरहेको अवस्थामा महेश गोतामे, बालकुमार पन्त, राजकुमार तामाङ, सचित दुलाल, दिनेश लामा, वुद्धिबहादुर तामाङ, सुक्रबहादुर पुतुवार, सुशन्त लामा र राजु बस्नेतलाई पक्राउ गरिएको छ ।
उनीहरुको साथबाट ३ लाख ६० हजार रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्