काठमाडौँ, २९ कार्तिक । राष्ट्रिय मानवअधिकार आयोग र मलेसियाको मानवअधिकार आयोगबीच आप्रवासी कामदारको अधिकार संरक्षणका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
मलेसिया र नेपालमा हुने सीमापार मानव बेचबिखन, आप्रवासीहरूको ओसारप्रसार र बलजफ्ती श्रम निवारण गर्न र मानव बेचबिखन तथा बलजफ्ती श्रमका पीडितहरूको पहिचान कार्यलाई सहयोग तथा सहजीकरण गर्नमा सम्बन्धित सरकारसँग सहकार्य गर्न दुबै देशका मानव अधिकार आयोग सहमत भएका छन् ।
आप्रवासी श्रमिकहरूको अधिकारका सम्बन्धमा मानवअधिकारको सम्मान, संरक्षण र उपचारका लागि समझदारी गरिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । अब नेपाल र मलेसियाको मानव अधिकार आयोगले आप्रवासी श्रमिक र तिनका परिवारहरूको अधिकारको सम्मान र संरक्षणका लागि द्विपक्षीय र क्षेत्रीय दुवैतहमा सहयोग, सहकार्य र पैरवीलाई सुदृढ गर्नेछन् ।
आप्रवासी श्रमिकहरूको अधिकार उल्लङ्घनसम्बन्धी उजुरीलाई सम्बन्धित देशको श्रम कानुन र अन्य कानुन अनुसार पर्याप्त मात्रामा सम्बोधन गर्न पनि समझदारी भएको छ ।










प्रतिक्रिया दिनुहोस्