समाचार

अवैध लागूऔषध सहित एकजना पक्राउ



भक्तपुर, २९ कार्तिक । भक्तपुरमा अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

मंगलबार बेलुका मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीबाट लागूऔषध नाइट्राभेट १ सय ८५ चक्की सहित सर्लाही हरीवन नगरपालिका-११ घर भएका ३५ वर्षीय समसुल सेखलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका सेखमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।