काठमाडौँ, २९ कार्तिक । बारामा ट्याक्टरले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ना७त २६६ नम्बरको ट्याक्टरले मोतिसर कोइरियाटोला चोकमा ना३प ५१३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा कलैया उपमहानगरपालिका-३ भवानिपुरका विनोद साहको मृत्यु भएको हो ।
ट्याक्टरको ठक्करबाट साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्