समाचार

सल्यानमा जिप दुर्घटना



सल्यान, २९ कार्तिक । सल्यानमा बिहीबार जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

त्रिवेणी गाउँपालिका-४ को बडागाउँमा रा.१ ज.४३२ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परि मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-४ फालावाङकी ६० वर्षीया कृष्णा देवी परियार र ५९ वर्षीया यज्ञी थापा रहेका छन् । दुबै जनाको अञ्चल अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका सातै जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।