मोरङ, ३० कार्तिक । मोरङमा दुई भाइको कुटाइबाट एक दिदीको मृत्यु भएको छ ।
शुक्रबार साँझ कानेपोखरी गाउँपालिका-१ होक्लाबारीमा जग्गाको विषयमा बादविवाद गरी झगडा गर्दा भाइहरु ५१ वर्षीय बिजय किस्कु र ३२ वर्षीय बिरेन्द्र किस्कुको कुटाइबाट दिदी ५५ वर्षीया सिता सोरेनको मृत्यु भएको हो ।
भाईहरुको कुटाईबाट भएकी उनलाई उपचारको लागि विराट नर्सिङ होम अस्पताल विराटनगरमा लगिएकोमा उपचारको क्रममा राति १० बजे मृत्यु भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कुटपिट गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्