राजनीति

सेनाले सीमा अनुगमन गर्ने



काठमाडौँ, ३० कार्तिक । नेपाली सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशनालय नामको नयाँ इकाई खडा गर्ने भएको छ ।

छिमेकी मुलुकबाट राष्ट्रको सिमाना मिचिँदै जाने, सीमाका पिलरहरु हराउने र संरक्षण नहुने तथा समग्र सीमा सुरक्षाामा कमजोरी देखिन थालेपिछि सेनाले विशेष ध्यान दिन लागेको हो ।

सरकारले सशस्त्र प्रहरी बललार्य समीमा सुरक्षाको जिम्मा दिँदै आएकोमा रक्षा मन्त्रालयले अब सेनालाई पनि सीमा निगरानी कार्यमा लगाउन लागेको हो ।

नेपाल–भारतबीच करिब १८ सय ८० किलोमिटर सीमा क्षेत्रका दुई हजार ७१६ सीमा स्तम्भ गायब भएको गृह मन्त्रालयले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।