चितवन, ३० कार्तिक । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शुक्रबार राति भरतपुर महानगरपालिका-१ रामनगरमा ना १५ प ५१४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा ठिमुराका ३५ वर्षीय डिल्लीराम गौतमको मृत्यु भएको हो ।
मोटरसाइकल पल्टिँएर घाइते भएका गौतमको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्