काठमाडौँ, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता बामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ बर्षमा भारत र १० बर्षमा चीनलाई छुने उल्लेख गर्दै संसारका सबैले नेपालमा आएर कसरी समाजवाद निर्माण भयो भनेर हेर्ने बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई शनिबार यहाँ सम्बोधन गर्दै नेता गौतमले छिमेकी देशको आर्थिक विकासलाई छुने गरि मुलुक विकासको गतिमा अघि बढेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउँछौ । आएर हेर, ५ बर्ष सम्म राम्रोसँग काम गर्न पायौ भने ५ बर्षमा भारतलाई हामीले छुन्छौ । १० बर्षमा चीनलाई छुन्छौ । हामी यही बाटोमा अघि बढेर समाजवाद निर्माण गरेर देखाउँछौ र संसारका सबैले नेपालमा आएर हेर्नेछन् कसरी समाजवाद निर्माण भयो भनेर । बुद्धको नाममा नाम कमाउने, सगरमाथाको नाममा नाम कमाउने काम जति भयो भयो तर अब समाजवाद निर्माण गरेर नाम कमाउने काम हामीले गर्नुपर्छ ।’
राष्ट्रिय युवा संघ नेपाल पद र प्रतिष्ठाका लागि नभई मुलुकको आवश्यकता अनुसार योगदान पुर्याउने जुझारु युवाहरुको संगठन भएको भन्दै दिईएको जिम्मेवारी पुरा नगर्नेलाई पद छोड्न पनि समेत उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो ।










प्रतिक्रिया दिनुहोस्