Banner News

अरूकाे एक ईन्च भुमि पनि चाहिदैन, हाम्रो पनि दिदैनाै : प्रधानमन्त्री ओली



काठमाडौँ, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अरूको एक ईन्च भुमि पनि नचाहिने र हाम्रो पनि कसैलाई नदिने बताएका छन् ।

आज काठमाडौँमा नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली भारतले मिचको भुमि फिर्ता हुनुपर्ने र सरकारले फिर्ता गराएरै छोड्ने बताए ।

प्रधानमन्त्री ओलिले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गर्दै  सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताए ।

उनले भने, ‘हामी आफ्नो भुमी एक इन्च पनि मिच्न दिदैनौ । अरुको जमिन चाहिदैन । तर हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् । सरकार सम्वाद गर्न नसक्ने अवस्थामा छैन र विदेशी फौज फिर्ता गराउछ । सीमा अहिले मिचिएको होइन । तर यो विषयमा अहिले राष्ट्रिय एकता कायम गर्न हामी सफल भएका छौं ।’

केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै अहिले नेपाल त्यो अवस्थामा नरहेको बताउदै उनले भने, नेपालको गरिमा बढेको छ । महत्वपूर्ण शक्ति राष्ट्र प्रमुखको भ्रमण लगातार भइरहेको छ । इतिहासमा यस्तो हुदैनथ्यो । अहिले नेपालको कुरा सुनिन थालेको छ ।’