विश्व

मालीमा २४ सैनिक मारिए



एजेन्सी, ३ मंसिर । अफ्रिकी मुलुक मालीमा लडाकु समूहले गरेको आक्रमणमा परि २४ सैनिक मारिएका छन् ।

माली, निगरले गाओ सीमा क्षेत्रमा सञ्चालन गरेको संयुक्त सैनिक कारवाहीको क्रममा २९ जना सैनिक घाइते भएको बताइएको छ । माली सैनिकले निजरतर्फ १७ जना लडाकु मारिए र एक सय जनालाई पक्राउ गरेको जनाएको छ ।

सोमबारको आक्रमणको विषयमा सबै विवरणहरु स्पष्टसँग आएको छैन । अधिकारीहरुले आक्रमण गर्ने समूह कुन हो भनेर केही जानकारी गराएका छैनन् । माली सेनाले आफ्नो ट्विटर एकाउन्टमा जलेका मोटर साइकलहरुको तस्वीर राखेको छ । सो घटनामा ७० मोटरसाइकल जलेको जनाएको छ ।