काठमाडौँ, ४ मंसिर । गहृमन्त्री रामबहादुर थापाले चिसो तथा शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
आज गृहमन्त्रालयमा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा मन्त्री थापाले विपदको समयमा सक्रिय हुने सबै निकायलाई पूर्व तयारीको लागि निर्देशन दिएका हुन् ।
उक्त बैठकमा मन्त्री थापाले जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरुले शीतलहरको प्रभावबाट सुरक्षित राख्ने उपायहरुको सम्बन्धमा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संघ–संस्थाहरु समेतलाई आमन्त्रण गरी पूर्वतयारी र पूर्व प्रबन्ध गर्न निर्देशन दिएका छन् ।
चिसो हिमपात तथा शितलहरका कारण २०७४ सालमा ४८ जनाको मृत्यु भएको थियो । गत वर्ष सरकारले चिसो हिमपात तथा शितलहरबाट प्रभावित हुन सक्ने जनतालाई इन्धन, दाउरा, कम्बल बाँडेको थियो ।










प्रतिक्रिया दिनुहोस्