समाचार

बैंकमा छतबाट खसेर कर्मचारीको मृत्यु



कैलाली, ४  मंसिर । कैलालीको लम्कीचुहा नगरपालिका-१ मा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको दोस्रो तल्लाबाट खसेर एक कर्मचारीको मृत्यु भएको छ ।

सोमबार राति दुई गार्ड साथीहरूसँग तल्लो कोठामा मादक पदार्थ सेवन गरी माथि जाने क्रममा भर्याङको रेलिङ सकिएपछि बाहिर पट्टिबाट खसेर बैंकका कार्यालय सहयोगी दार्चुलाका ४८ वर्षीय दयाकृष्ण पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पन्तको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको छाती, टाउकोमा चोटपटक लागेको थियो । उनको शव बुझ्नका लागि परिवार आउँदै गरेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।