विश्व

लिबियामा सवारी दुर्घटनामा परी ९ महिनामा १४ सय जनाको मृत्यु



एजेन्सी, ४  मंसिर । लिबियामा गत नौ महिनामा भएका सवारी दुर्घटनामा परी १४ सयभन्दा बढीको मृत्यु भएको छ ।

गृहमन्त्रालयले सोमबार सार्वजनिक गरेको एक विवरणअनुसार गत जनवरीदेखि सेप्टेम्बरसम्म ११ सय १५ ओटा सवारी दुर्घटना भएको विवरण छ, ती दुर्घटनाहरुमा परी १४ सय ९ जनाको मृत्यु भएको देखिएको छ । मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । ती दुर्घटनाहरुमा परी ३१ सय १ जना घाइते भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

गृहमन्त्रालयले ट्राफिक नियमको पूर्ण पालना गर्न र सवारी चलाउदा सतर्कता अपनाउन सवारी चालकहरुलाई आग्रह गरेको छ ।