समाचार

बैतडी पञ्चेश्वर ४ वडाअध्यक्ष चन्दको निधन



बैतडी, ४ मंसिर । जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ वडा अध्यक्ष राजबहादुर चन्दको निधन भएको छ ।

वडा ४ कै सैलोडामा अवस्थीत कैलपाल मन्दिरमा लागेको मेलाबाट घर फर्किने क्रममा बाटोमै निधन भएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले जनाएको छ ।

उनका अनुसार,’हिजो राती सैलोडा कैलपालमा मेला लागेको थियो, मेला लागेको स्थान नजिकै उहाँ मृत भेटिनु भएको छ भन्ने खबर आएको छ, उपाध्यक्ष भट्टले भन्नुभयो । सो खबर सुनेसंगै हामीहरु घटनास्थल तिर गइरहेका छौँ ।’