राजनीति

सक्षम, योग्य तथा प्राज्ञिक उम्मेदवार विद्या भटराई : सांसद लामा



पोखरा, ५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा नेतृ, पूर्व अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधिसभाको सांसद नविना लामाले कास्की क्षेत्र नं. २ मा नेकपाको उम्मेदवार विद्या भट्राई एक सक्षम तथा योग्य प्राज्ञिक उम्मेदवारको रुपमा रहेको उल्लेख गर्दै सुनिश्चित भएको उल्लेख गर्नुभएको छ ।

आगामी मंसिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचनको प्रचार प्रसारको लागि पोखरा पुग्नुभएको सांसद लामाले उम्मेदवार भट्टराई स्व. रविन्द्र अधिकारीको उत्तराधिकारी मात्र नभई विगतदेखी नै सक्षम नेतृत्व प्रदान गर्न सक्ने व्यक्ति भएको बताउनुभयो । उम्मेदवार भट्टराईले विगतमा अनेरास्ववियुको केन्द्रीय सचिवको जिम्मेवारी सम्हालि सक्नुभएको उल्लेख गर्दै उहाँले देशको विकास र समृद्धिको लागि योग्य, दक्ष तथा क्षमतावान नेतृत्व मध्येको रुपमा उम्मेदवार भट्टराईलाई लिइएको बताउनुभयो ।

उम्मेदवार भट्टराईले राजनीतिको साथ साथै अध्यापन समेत गरिरहनुभएको उल्लेख गर्दै उहाँले मुलुकलाई शिक्षित जनशक्तिको माध्मबाट अघि बढाउन भट्टराईको नेतृत्व अझ बढि आवश्यक रहेको औल्याउनुभयो । मुलुकको विकास र समृद्धिको स्व. अधिकारीको सपनालाई पुरा गर्न उहाँलाई पार्टीले उम्मेदवार छनौट गरेको उल्लेख गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको लागि आगामी दिनमा उहाँले नेतृत्व गर्न सक्ने क्षमता भएको व्यक्तिको रुपमा उल्लेख गर्नुभयो ।

समय र परिस्थीति अनुसार तिव्र गतिको साथ नेतृत्व गर्न सक्ने उम्मेदवार भट्टराई रहेको बताउँदै उहाँले उम्मेदवार भट्टराई लामो समयसम्म अध्यापन समेत गर्नुभएको जानकारी गराउँदै देशको नेतृत्वको अनिवार्य आवश्यक व्यक्ति रहेको उल्लेख गर्नुभयो ।

‘विद्याजी संवेदनाले मात्रै उम्मेद्वार हुनुभएको होइन, उहाँमा योग्यता, क्षमता र विकासको रोडम्याप पनि छ, उहाँले विद्यार्थी र महिला आन्दोलनमा खेलेको भूमिकाको मूल्यांकन गरेर पार्टीले उम्मेद्वार बनाएको हो,’ उहाँले भन्नुभयो ।

उहाँले उम्मेदवार भट्टराई पोखराको बुहारी मात्र नभई अव विकास र समृद्धिको मियो समेत भएको बताउनुभयो । आगामी दिनमा उम्मेदवार भट्टराईले पोखराको छोरीको रुपमा काम गरी जनताको तिव्र विकास प्रतिको चाहनालाई पुरा गर्दै मुलुकको नै नेतृत्व गर्ने भएकाले सम्पूर्ण आम मतदातामा निर्धक भई उत्साहजन रुपमा मतदान गरी अत्याधिक मतका साथ विजयी गराउन आग्रह समेत गर्नुभयो ।

मुलुकलाई आर्थिक, सामाजिक, पर्यटकीय, सांस्कृतिकलगायतका विकासको लागि युवा नेतृत्व अहिलेको अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले नेकपाले भट्टराईलाई उम्मेदवार चयन गरी आम युवा विद्यार्थीको ढुक ढुककीको रुपमा स्थापीत गराएको उल्लेख गर्नुभयो ।

उम्मेदवार भट्टराईले अधिकारीमा रवीन्द्रको क्षमताको प्रतिविम्व रहेको भन्दै उहाँलाई जिताएर विकासको मूल फुटाउने बताउनुभयो । उहाँले सडक, खानेपानी, ढल, पोखरा अन्तराष्ट्रिय विमानस्थल, विभिन्न प्रकारका भवन, शिक्षा, स्वास्थ्य, वातावरणलगायतका कार्यहरुमा आफुले गरेका प्रतिवद्धताहरु शतप्रतिशत पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

आगामी दिनमा सरकारले वृद्धाभत्ता बढाउने उल्लेख गर्दै उहाँले जनताको आवश्यकता र चाहना नै आफ्नो एजेण्डा भएकाले जनताको दुःख सुखको सारथी भई अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो दुःख सुखको साथी नै आफ्नो मतदाता हो । मेरो जीवन काल तपाईहरुको सेवामा नै समर्पित गरेको छु । म जहिले पनि तपाईहरुसँगै हुनेछु । तपाईहरको मायाँ र आशिर्वादले नै अघि बढ्नेछ ।’