भक्तपुर, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत दैनिक १८ घण्टा सामाजिक काम, विकास निर्माणको कार्य तथा उपनिर्वाचको चुनावी प्रचार प्रसारमा व्यक्त हुनुहुन्छ ।
बुधबार सांसद बस्नेत, प्रदेश सभा सदस्य शसिजंग थापा, नगरप्रमुख बाशुदेव थापा लगायतको टिमद्वारा सूर्यविनायक नगरपालिका वडा नं ४ दक्षिण बाराहिबाट सू।न।पा ३ बालकोट पानी ट्याङ्की हुँदै सलमपाखा जाने सडक पहिलो चरणमा रु ५ करोड लागतमा भैरहेको कालो पत्र (पिच)को स्थलगत निरीक्षण गर्नुभएको ।
उक्त सडक सूनापा ३ र ४ को सिमानामा पर्ने दक्षीण वाराही मन्दिरदेखी ल कलेज – बालकोट पानी ट्याङकी हुँदै अधिकारी गाउँ – सिरुटारहुँदै ललितपुर जिल्लाको लुभु जोडिने सडकको आज कालोपत्रे गरिएको हो । उक्त सम्पन्न भएपश्चात पुनः दोस्रो चरणमा रु तीन करोडको टेण्डर गरी तत्काल शुरु गरिने सा.सद बस्नेतका सचिवालय सदस्य राजकुमार सिलवालले जानकारी दिनुभयो ।
सांसद बस्नेत २०७२ सालमा उद्योग मन्त्री रहँदादेखी सडक विस्तार योजनाहरु सिमाङकन, ढल विस्तार, सहरी विकास मन्त्रालयबाट योजना बनाई उपत्यका विकास प्राधिकरण भक्तपुरद्वारा काम अघि बढाईएको भएता पनि विगतमा सिमाङकनलगायतका समस्याका कारण निर्माण हुन नसकेकोमा सांसद बस्नेतको नेतृत्वले विगत ४ वर्ष अघिदेखी अनवरत रुपमा खटि समस्या समाधान गरी निर्माण गरिएको हो । उक्त सडक निर्माणसँगै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।
भक्तपुरलाई नमुना जिल्लाको रुपमा विकसित गर्ने महान् लक्ष्यका साथ अहोत्र विकास निर्माणमा खटिनुभएका सांसद बस्नेत पार्टीको मात्र नभई आम नेपाली जनताको मन मुटुमा खोजीको व्यक्तित्वको रुपमा स्थापीत हुनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्