काठमाडौँ, ६ मंसिर । निवर्तमान सभामुख कृष्ण बहादुर महराले थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा निवेदन दर्ता गराउनुभएको छ ।
कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा कारागारमा रहेका महराले जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्न माग गर्दै महराले उच्च अदालत, पाटनमा निवेदन दर्ता गराउनुभएको हो ।
फौजदारी कार्यविधि संहिता–२०७४ मा रहेको व्यवस्था बमोजिम बिहीबार महराले निवेदन दिएको अदालतका सूचना अधिकारी मोहन सुवेदीले जानकारी दिनुभयो ।
घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिएको भन्दै उहाँलाई थुनामा पठाउन आदेश भएको थियो ।










प्रतिक्रिया दिनुहोस्