काठमाडौँ, ६ मंसिर । भारतले हालै सार्वजनिक गरेको भौगोलिक नक्सामा नेपालका कालापानी, लिम्पियाधुरा लगायतका सुदुरपश्चिमका केही भाग आफ्नो नक्सामा गाभेको विरोधमा देशका ७७ वटै जिल्लाका क्षत्री समाज नेपालका पदाधिकारी र सदस्यहरुले एकैपटक विरोध गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
क्षत्री समाज नेपालका केन्द्रीय सदस्य विष्णु बहादुर केसी तथा समाजका काठमाडौं जिल्ला अध्यक्ष एवम् काव्य स्कुल नयाँबानेश्वरका संस्थापक निर्देशक रिजन खड्का सहितको पदाधिकारी टोलीले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनक प्रसाद दाहालमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
भारतको यो विस्तारवादी कदमले नेपालीहरुको भावनामा चोट पुरयाएको उल्लेख गर्दै यस्तो अत्यन्तै संवेदनशिल विषयमा नेपाल सरकार विज्ञप्ती जारी गरेर मौन बस्ने नभई मुलुकको अखण्डताको रक्षा गर्नु पहिलो कर्तव्य हो भन्दै क्षत्री समाज काठमाडौंले यस विषयमा सरकारले केही गरेन भने जस्तोसुकै कदम उठाउन क्षत्री समाज तत्पर रहेको कुरा ज्ञापनपत्रमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्