रुपन्देही, ६ मंसिर । रुपन्देहीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
आज बिहान ओमसतिया गाउँपालिका-१ ठुटिपिपलमा लु १ ख ३६६२ नम्बरको बसको ठक्करबाट साइकलमा सवार रहेका सिद्धार्थनगर नगरपालिका-८ शिवमन्दिरका ४२ वर्षीय दिवाश चन्द ठकुरीको मृत्यु भएको हो ।
ठक्करपछि घाइते भएका ठकुरीलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको वडा प्रहरी कार्यालय भैरहवाले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका बस चालकको खोजी भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्