राजनीति

मन्त्री पोखरेलसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता



काठमाडौँ, ६ मंसिर । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटावार्ता गरेका छन ।

कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी मन्त्री पोखरेलले सोही कार्यक्रमका क्रममा मलेसियाका शिक्षामन्त्री डा. मस्वेली बिन मालिकसँगको भेटवार्तामा नेपालको उच्चशिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल भएको छ ।

त्यस्तै मन्त्री पोखरेल र कतारका शिक्षामन्त्री डा. मोहम्मद अब्दुल वाहेदसँगको भेटवार्ताको क्रममा दुई पक्षीय शैक्षिक सहकार्यका विषयमा छलफल भएको उनका निजी सचिव विनोद न्यौपानले जानकारी दिएका छन ।