समाचार

आफै चढेको बसले किच्दा महिलाको मृत्यु



दोलखा, ७ मंसिर । भीमेश्वर नगरिपालिका–५ स्थित सत्तरी गोलाइमा यात्रुवाहक बसले किच्दा एक महिलाको मृत्यु भएको छ ।

जिरीबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा २ ख ६२०४ नम्बरको सगरमाथा यातायातको बसले शुक्रबार राति ८ बजे किच्दा भीमेश्वर नगरपालिका–५ की ३० वर्षीया उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।

नयाँपुल बजारबाट चढेकी उनी घर नजिकैको सत्तरी गोलाइमा ओर्लिने क्रममा अनियन्त्रित भई लड्दा सोही बसले किचेर घाइते भएकी थिइन् । उपचारका लागि सदरमुकाम चरिकोट ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको दोलखा प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए । बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।