काठमाडौँ, ७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली संगठन अनेरास्ववियूका संयोजक ऐन महरले मेडिकल माफियाहरुले अनेरास्ववियूसँग लड्न तयार रहन चेतावनी दिनुभएको छ ।
आज आफ्नो सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्ने संयोजक महरले हिजो नेशनल मेडिकल कलेजमा आफ्ना जायज माग राख्दा विद्यार्थी माथी भएको कुटपिटको घटना प्रती घोर निन्दा र भत्सर्ना गर्दै संयोजक महरले लेख्नु भएको छ, ‘खबरदार माफिया हो अब अनेरास्ववियूको शक्तिको सामना गर्न तयार होउ ।’
नेसनल मेडिकल कलेज वीरगन्जमा शुक्रबार दोस्रो दिन धर्नामा बसेका विद्यार्थीलाई कलेज प्रशासनले कुटपिट गरेको थियो । विद्यार्थीका अनुसार शुक्रबार कलेज प्रशासनका व्यक्ति आएर धर्नामा बसेका केही छात्रामाथि दुर्व्यवहार समेत गरेको थियो ।
विद्यार्थीले साँझ ५ बजेसम्म कलेज हातामा धर्ना दिएका थिए। मेडिकल कलेजले गैरकानुनी शुल्क उठाएको बिरोधमा धर्नामा बसेका विद्यार्थीलाई नेसनल मेडिकल कलेज वीरगन्जले बिहीबार छ घन्टा होस्टल बस्न रोक लगाएको थियो । आक्रमणम नै गर्न थालेपछि विद्यार्थी र्यालीसहित प्रहरीमा पुगेका थिए ।










प्रतिक्रिया दिनुहोस्