बाग्लुङ, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कुनै कन्फुजन नभइ बाटो साफ भएको बताएका छन ।
बाग्लुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीमा अब कुनै अलमल नरहेको बताउदै उनले भने, अब कुनै कन्फुजन छैन । बाटो साफ भएको छ । हामी सबै एक ढिक्का भएर अगाडि बढौं ।’
उनले हालै भएको दुई अध्यक्षको कार्यविभाजनसँगै एक अध्यक्ष सरकारतिर र अर्को पार्टीमा केन्दि्रत हुने बताउदै कालापानी क्षेत्रका नेपाली भूभागलाई आफ्नो नक्सामा समेट्ने भारतको कदमलाई नेकपा र सरकारले गम्भीर रुपामा लिएको बताए ।
बाग्लुङ २ ख को उपचुनावमा नेकपाले समर्थन गरेको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई भोट माग्दै उनले उत्तरगंगा जलाशययुक्त विद्युत आयोजना अगाडि बढाउने, सालझण्डी ढोरपाटन दगायतका सडक निर्माण र स्तरोन्नतीका लागि पहल गर्ने उनले बताए ।










प्रतिक्रिया दिनुहोस्