Banner News

सभापति देउवाको अभिव्यक्ति प्रति प्रवक्ता श्रेष्ठद्वारा कडा आपत्ती



काठमाडौँ, ८ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निराधार आरोप लगाएको बताउनुभएको छ ।

प्रवक्ता श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा भारतले जारी गरेको नयाँ राजनीतिक नक्सालाई लिएर पार्टीसँग जोडेर दिएको अभिव्यक्तिप्रति नेकपा प्रवक्ता श्रेष्ठले आपत्तिजनक भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभएको छ, ‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्शा बारेमा प्रम ओली माथि आरोप गर्दै पूर्वप्रम देउवाले आज पोखरामा बोलेको कुरा जति निन्दा र भत्सना गरेपनि कम हुन्छ । लोकतान्त्रीक तुच्छ स्वार्थ (चुनाव)का लागि राष्ट्रियता जस्तो शंवेदनशिल विषयमा यसरी जताभावी बोल्नु घातक र अक्ष्यम्य छ । अझै चेतेनन् ।’

हिजो कांग्रेस सभापति देउवाले पोखरामा सम्बोधन गर्दा भारतले नेपालको सीमा मिचेर बनाएको नक्साको प्रसंगमा प्रधानमन्त्री ओलीमाथि अनावश्यक आरोप लगाउनुभएको थियो । देउवाले प्रधानमन्त्री ओलीकै सल्लाहमा भारतले आफ्नो नक्सामा कालपानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेको आरोप लगाएउनुभएको थियो ।