समाचार

अष्ट्रेलियामा नेपाली दम्पतीबीच झगडा, श्रीमानको मृत्यु



अष्ट्रेलिया,  ८ मंसिर । अस्ट्रेलियामा श्रीमान श्रीमतीबीच भएको झगडामा श्रीमानको मृत्यु भएको छ ।

शनिबार राति सिड्नीको ग्रान्भिलमा श्रीमान श्रीमतीबीच कुटाकुट हुँदा श्रीमतीले धारिलो हतियार प्रहार गर्दा श्रीमान ३४ बर्षका बुटवल निवासी सन्तोष गौतमको मृत्यु भएको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले बताए ।

टाउकोमा गम्भिर चोट लागेर अचेत बनेका सन्तोषलाई राति अबेर पारामेडिक्सले अस्पताल पुर्‍याएता पनि उनको मृत्यु भएको अष्ट्रेलियाको प्रहरीले जनाएको छ ।

घाइते युवतीको अवस्था सामान्य छ । उनलाई हत्या आरोपमा अष्ट्रेलियाली प्रहरीले नियन्त्रणमा लिएको छ । हाल उनी प्रहरी हिरासतमा रहेकी छिन् ।