काठमाडौँ, १० मंसिर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विश्वका शक्तिशाली व्यक्तिभित्र पर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको लागि औपचारिक निम्ता दिनुभएको छ ।
रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले रुसी समकक्षी सेर्गेइ लाभ्रोभमार्फत राष्ट्रपति विद्या भण्डारीले पुटिनलाई पठाएको निम्तोपत्र हस्तान्तरण गर्नुभएको छ । सोमबार मस्कोमा भएको भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवलाई निम्तो हस्तान्तरण गर्नुभएको हो ।
दुई देशका परराष्ट्रमन्त्रीस्तरको द्धिपक्षीय वार्तामा नेपाल रुस सम्बन्ध विस्तार तथा आपसी हित वृद्धि गर्ने सन्दर्भमा राम्रो छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्