समाचार

धरहराको पुनर्निर्माणले तीव्रता पायाे



काठमाडौँ, १० मंसिर । भूकम्पले भत्काएको धरहराको पुनर्निर्माणले तीव्रता पाएको छ । शिलान्यास भएको ११ महिनामा ३२ प्रतिशत पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सन् २०२० अक्टुबरसम्म धरहरा हस्तान्तरण गर्ने लक्ष्य छ ।

प्राधिकरणका सम्पदाविद् राजु मानन्धर धरहरा पुनर्निर्माण एक वर्षमा सकिने बताउँछन् । उनका अनुसार अब बन्ने धरहरा २२ तले हुनेछ, जुन २४५ फिट अग्लो हुनेछ ।

अबको १५ दिनमा धरहराको एक तला ढलान गर्ने प्राधिकरणको लक्ष्य छ। अहिले हुलाकको घर भत्काएर ३ तला अन्डरग्राउन्ड निर्माण भइरहेको छ। अब बन्ने धरहरा भूकम्प प्रतिरोधी हुने उनले बताए । यो समाचार नागरिक दैनिकले लेखेको छ ।