भक्तपुर, १० मंसिर । आगामी मंसिर १४ गते सम्पन्न हुन गईरहेको उपनिर्वाचनका क्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले देशभर आफ्नो चुनावी अभियानलाई व्यापक बनाएको छ ।
नेकपा भक्तपुरको आयोजनामा चाँगुनारायण नगरपालिकाको वडा नं। ४, नारायणटारमा भोली मंसिर ११ गते दिनको ठिक २ बजे हुने चुनावी सभामा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्नुहुने भएको छ । अध्यक्ष प्रचण्डको साथमा विशेष अतिथिका रुपमा नेकपाका स्थायी कमिटी सदस्य सुवास नेम्बाङले समेत सम्बोधन कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
नेकपा भक्तपुरको तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवारको लागि देवी प्रसाद ढकाल ९डिपी०लाई विजयी गराउन ‘सुखी नेपाली, समृद्ध नेपालको नारा, सम्मुनत भक्तपुर निर्माणको हाम्रो अभिभार’ भन्ने मुख्य नाराका साथ आयोजना गरिएको उक्त बृहत चुनावी सभाको लागि चाँगुनारायण नगरपालिका वडा नं। १, २ र ३ का गेलाल गाउँ, चाँनपा ५ र ९ तथा भक्तपुर नगरपालिका वडा नं। १० का देकोचामा स्थानीयवासी, नेकपाका नेता तथा कार्यकर्ताहरु भेला भई दिनको ठिक १ बजे र्याली तथा जुलुशसहित कार्यक्रम स्थलमा जाने गरी उपस्थित हुन समेत आयोजकले आग्रह गरेको छ ।
भक्तपुरमा नेकपाका उम्मेदवार ढकाललाई विजयी गराउन नेकपाका विशिष्ठ व्यक्तिहरुले व्यापक मात्रामा साथ र सहयोग गर्नुभएको छ । जसको नेतृत्व नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं। २ को तर्फबाट प्रतिनिधिसभाका सांसद महेश बस्नेतले गरिरहनुभएको छ ।
उहाँलाई भक्तपुरको विकासको पहरेदारको रुपमा समेत लिईन्छ । पद र प्रतिष्ठा भन्दा माथि उठी उहाँले समृद्ध भक्तपुर र सुखी भक्तपुरको जनता बनाउन विशेष भुमिका निर्वाह गर्नुभएको स्थानीयवासीले बताएका छन् ।
देशभर नेकपाको अभियानसँगै जनताको सहभागिता समेत उत्साहजन रहेको छ । स्थानीय, प्रदेश तथा संघको उपनिर्वाचनका लागि कास्की क्षेत्र नं। २ मा संघ, भक्तपुर क्षेत्र नं। १ ९क० र दाङमा प्रदेश सभा तथा धरान उपमहानगरपालिका लगायतका स्थानीय तहहरुमा निर्वाचन हुँदैछ । धरान र पोखरामा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष ‘प्रचण्ड’द्वारा चुनावी सभामा विशेष सम्बोधन गर्नुहुने भएको छ ।










प्रतिक्रिया दिनुहोस्