राजनीति

बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालक पक्राउ पर्ने



काठमाडौँ, ११ मंसिर । मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले सहमतिमा नआए पक्राउ गरेर कारबाही गर्ने निर्णय गरेको हो ।

तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेज सहमतिमा नआए बुधबारबाट कारबाहीमा पर्ने भएका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत सहभागी बैठकले मेडिकल कलेजसँग अन्तिम वार्ता गर्ने निर्णय गरेको सहभागी एक अधिकारीले जानकारी दिएका छन् ।

ती अधिकारीका अनुसार मेडिकल कलेज सञ्चालकसँग मंगलबार नै शिक्षामन्त्री पोखरेलले छलफल गर्दैछन् ।