Banner News

अब उत्पादनका साधनमा अनुदान दिने हो : मन्त्री खतिवडा



काठमाडौँ, १२ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले अब उत्पादनका साधनमा अनुदान दिने बताएका छन् ।

काठमाडौँमा आयोजित सहूलियतपूर्ण कर्जाको ब्याजमा दिने अनुदानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा मन्त्री खतिवडाले सोझै नगद अनुदान दिँदा एकातर्फ लक्षित वर्गसम्म नपुगेको र अर्कोतर्फ सही सुदपयोग हुन नसकेको भन्दै नीति परिवर्तन गर्न लागिएको बताए ।

उनले भने, सोझै अनुदान दिने कुराले, न कृषिमा, न उद्योगमा न व्यवसाय, कुनैमा पनि काम गरेन, ‘अब उत्पादनका साधनमा अनुदान दिने हो ।’ उनका अनुसार पुँजी, सामग्री, उद्योगशिलता, तालीम, मेसिनरी–औजार–उपकरणजस्ता साधनमा अनुदान दिने गरी नीति परिवर्तन गर्न लागिएको छ ।

कुनै बैंकबाट उद्यम गर्न ऋण लिँदा पछि तिर्नु पर्दैन भन्ने मानसिकता नराख्न उनले सचेत गराउदै भने, ‘बैंकबाट तपाईले लिएको कर्जा अरु कसैले मिहिनेतपूर्वक कमाएर निक्षेपका रुपमा बैंकमा राखेको पैसा हो, ‘त्यो पैसा हिमामिना गर्नु भनेको अर्को उद्यमीको क्रियाशिलताप्रति कुठराघात गरे बराबर हो ।’