राजनीति

उपनिर्वाचनको लागी सम्पूर्ण तयारी पूरा



काठमाडौँ, १२ मंसिर । उपनिर्वाचनको लागी सम्पूर्ण तयारी पूरा भएको छ ।

उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको साथै  मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारीको खटनपटन भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

बुधबार साँझसम्म उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरूसहित मतदान केन्द्रमा पुग्ने आयोगले जनाएको छ ।