समाचार

भरुवा बन्दुक सहित एकजना पक्राउ



गुल्मी, १२ मंसिर ।  गुल्मीबाट भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राति इलाका प्रहरी कार्यालय पुर्कोटदह र अस्थायी प्रहरी पोष्ट अर्खाबाङबाट खटिएको प्रहरीले मालिका गाउँपालिका-४ का ३७ वर्षीय भक्त बहादुर रानालाई एक थान भरुवा बन्दुकसहित पक्राऊ गरेको हो ।

पक्राऊ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।