समाचार

टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाइते



हुम्ला, १२ मंसिर । हुम्लामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

बुधबार सिमिकोट गाँउपालिका-७ लाग्नामा लु ४ ख ३२६९ नम्बरको टिपर दुर्घटना हुँदा नाम्खा गाँउपालिका-१ का ४५ वर्षीय छिरीङ कर्मा तामाङ, सोही स्थानकी ३० वर्षीया नरी लामा, खार्पुनाथ गाँउपालिका-१ प्युसाका १९ वर्षीय बबरजंग शाही र सिमिकोट गाँउपालिका-६ का ५८ बर्षीय भक्त बहादुर रोकायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालक सहित १२ जनाको जिल्ला अस्पताल सिमिकोटमा उपचार भईरहेको जिल्ला प्रहरीले जनाएको छ ।